टोखा नगरपालिकाको आयोजना तथा आर्थिक सहयोगमा युनाइटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि. को संयोजनमा सञ्चालन हुने तालिमको मिति २०८१-१०-२० गते टोखा नगरपालिकाका नगर प्रमुख श्री प्रकाश अधिकारीले उद्घाटन गर्नुभयो। युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि. को प्रागंणमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बि.सी., आन्तरिक लेखा परीक्षण तथा बेरुजु फर्छ्यौट इकाई प्रमुख श्री तारा प्रसाद निरौला, टोखा नगरपालिका वडा नं १० का वडा अध्यक्ष श्री मचाकाजी महर्जन, र तालिमका सहभागीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख श्री प्रकाश अधिकारीले तालिम लिई सीप परिक्षणमा उत्तीर्ण भई रोजगारीमा जानका लागि तालिमका सहभागीहरुलाई उत्प्रेरणा प्रदान गर्नु भयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बि.सी.ले सहभागीहरुलाई दत्तचित्त भई कार्यक्रममा सहभागी हुन आग्रह गर्दै भविष्यमा नगरपालिकाले थप यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो। कार्यक्रमको सभापतित्व युनाईटेड टेक्निकल ट्रेनिङ एजुकेशनल प्रा.लि.  का निर्देशक श्री ऋषिराम आचार्यले गर्नुभएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य श्री अजय जिरेलले व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन श्री भरतमणि अर्यालले गर्नुभएको थियो।

 

Categories

Top Jobs

Trainer Wanted Trainers for different occupations...